EasyShare प्रयोगकर्ता सेवा सम्झौता


आदरणीय प्रयोगकर्ता,
EasyShare (यहाँ यसपछि ''यो सेवा'' भनिनेछ) vivo Mobile Communication Co., Ltd. र यसका विश्वव्यापी सहायक कम्पनीहरू (यहाँ यसपछि "vivo", "हामी", "हामीहरू" वा "हाम्रो" भनिनेछ) द्वारा सञ्चालन गरिएको छ । यो प्रयोगकर्ता सम्झौता तपाईं (प्रयोगकर्ता) र vivo Mobile Communication Co., Ltd. र यसका इजाजतपत्र प्राप्तकर्ताको बीचमा भएको कानूनी प्रवर्तनीय सम्झौता हो ।
यस सम्झौता मार्फत, तपाईंले vivo ले कसरी तपाईंलाई सेवा उपलब्ध गराउँछ, तपाईंले यो सेवा प्रयोग गर्दा पालना गर्नुपर्ने नियमहरू, यो सेवा उपलब्ध गराउने सम्बन्धमा vivo को घोषणा र यस सम्बन्धित सेवाहरू र अन्य जानकारी बुझ्नुहुनेछ । कृपया यो सम्झौता पत्र ध्यानपूर्वक पढ्नुहोस् र विवाद क्षेत्राधिकार र जानकारी सङ्कलन सम्बन्धी अस्वीकरण र शर्तहरूमा विशेष ध्यान दिनुहोस् । यो सेवामा पहुँच गर्न र प्रयोग गर्नका लागि, तपाईं कम्तिमा १८ वर्षको हुनुपर्छ वा आफ्नो क्षेत्रको वयस्कताको उमेर पुग्नुपर्छ । तपाईं १८ वर्षभन्दा कम उमेरको हुनुहुन्छ भने, तपाईंलाई यो सेवा प्रयोग गर्नका लागि आफ्नो आमाबुवा तथा कानूनी अभिभावकको सहमति प्राप्त गर्न आवश्यक पर्छ । यो सम्झौता पढ्दा नाबालकहरू उनीहरूका कानूनी अभिभावकहरूको साथमा हुनुपर्छ । सफ्टवेयर डाउनलोड र स्थापना गर्न र यो सेवा प्रयोग गर्न छनोट गरेर, तपाईंले यो सम्झौताका सबै शर्तहरू स्वीकार गर्नुभएको छ र कानूनी रूपमा vivo सँग बाँधिएको सम्झौतामा पुग्नुभएको छ ।

१. यो सेवाको बारेमा
यो सेवा सामाग्री स्थानान्तरण र स्क्रिन मिररिङका लागि द्रुत रूपमा तपाईंका आवश्यकताहरू पूरा गर्न यन्त्रहरूबीच फाइल स्थानान्तरण गर्ने, फोन क्लोन, डाटा ब्याकअप र स्मार्ट मिररिङ गर्ने जस्ता प्रकार्यहरू उपलब्ध गराउन डिजाइन गरिएको हो । यसका मुख्य प्रकार्यहरूमा निम्न कुराहरू समावेश हुन्छन्:
(१) व्यक्तिगत जानकारी सेटिङहरू: तपाईंले यो सेवाको प्रयोग गर्नका लागि उपनाम र प्रोफाइल तस्विर सेट गर्न सक्नुहुन्छ ।
(२) फाइल स्थानान्तरण: तपाईंले यो सेवा अन्य यन्त्रमा जडान स्थापना गर्न र प्रत्यक्ष व्यवहारमा अन्य यन्त्रबाट/का सम्पर्क, SMS सन्देश, कल लग, पात्रो, एप, नोट, छवि, संगीत, भिडियो, रेकर्डिङ, सेटिङहरू र यो सेवाद्वारा समर्थन गरिएका अन्य सामाग्री (समग्रमा "प्रयोगकर्ता सामग्री" भनिनेछ) प्राप्त गर्न/स्थानान्तरण गर्न प्रयोग गर्न सकनुहुन्छ ।
नोट: यो सेवाको iOS संस्करणले सम्पर्क, फोटो, भिडियोहरू र संगीतको स्थानान्तरलाई मात्र सहायता गर्छ ।
(३) वेब साझेदारी: तपाईंले यो सेवा तपाईंको कम्प्युटरको वेब पृष्ठसँग जडान स्थापना गर्न, तपाईंलाई तपाईंको फोन र तपाईंको कम्प्युटर बीचका फाइलहरूलाई द्रुत रूपमा स्थानान्तरण गर्न सक्षम बनाउन प्रयोग गर्न सक्नुहुन्छ ।
(४) फोन क्लोन: तपाईंले आवश्यक भए अनुसार डाटा पठाउनका लागि पुरानो फोन र डाटा प्राप्त गर्नका लागि नयाँ फोन चयन गर्न र यन्त्रहरूमा जडान गर्न सेवा पृष्ठमा भएका निर्देशनहरूको पालना गर्न सक्नुहुन्छ, जसकारण तपाईंको फोन प्रतिस्थापन गर्दा डाटा सजिलैसँग माइग्रेट हुन्छ ।
(५) डाटा ब्याकअप: तपाईंको कम्प्युटरसँग जडान स्थापना गरेर, तपाईंले आफ्नो फोनबाट आफ्नो कम्प्युटरमा डाटा ब्याकअप र बचत गर्न र कुनै पनि समयमा आफ्नो फोनमा डाटा पुनः भण्डारण गर्न सक्नुहुन्छ । समर्थित डाटामा सम्पर्क, SMS सन्देश, कल लग, पात्रो, एप, नोट, छवि, संगीत, भिडियो, रेकर्डिङ र सेटिङहरू समावेश हुन्छन् ।
(६) स्मार्ट मिररिङ: तपाईंले आफ्नो यन्त्रको स्क्रिनलाई वास्तविक समयमा PC वा TV मा माइग्रेट गर्न यो सेवाको प्रयोग गर्न सक्नुहुन्छ ।
(७) बहु स्क्रिन: तपाईंले यो सेवा फाइल स्थानान्तरण, डाउनलोड, सूचना डिस्प्ले, खोल्ने र सम्पादन गर्ने फाइलहरू, कलहरूको जवाफ दिने र अन्य प्रकार्यहरू मार्फत (कम्प्युटर र फोनहरू जस्ता) अन्य यन्त्रहरूसँग अन्तरक्रिया गर्न प्रयोग गर्न सक्नुहुन्छ ।
(८) विशिष्ट समर्थन वा नयाँ प्रकार्यहरू तपाईंको सफ्टवेयर संस्करणमा धेरै आधारित हुन्छन् । प्रश्नहरूका लागि, कृपया हाम्रो ग्राहक सेवालाई सम्पर्क गर्नुहोस् ।
(९) तपाईंले यो सेवा मार्फत तेस्रो-पक्ष सेवा प्रयोग गर्ने छनोट गर्नुहुन्छ भने, कृपया सेवा प्रयोग गर्नुअघि तेस्रो-पक्ष प्रदायकको सान्दर्भिक सम्झौता पढ्नुहोस् । तपाईंको तेस्रो-पक्ष सेवाको प्रयोगबाट उत्पन्न हुने कुनै पनि विवादको अवस्थामा, तपाईंले आफ्नै व्यवस्थापनको लागि तेस्रो-पक्ष सेवालाई सम्पर्क गर्नुपर्नेछ ।

२. सफ्टवेयर इजाजतपत्र
१) इजाजतपत्र प्रदान: vivo ले तपाईंलाई यो सफ्टवेयर र यस अन्तर्गत सर्तहरू अनुसार सम्बन्धित कागजातहरू प्रयोग गर्नको लागि सीमित, गैर-विशिष्ट र गैर-स्थानान्तरणयोग्य इजाजतपत्र स्वीकार गर्नेछ, तर तपाईंसँग यो सेवा उप-इजाजतपत्र गर्न लागि कुनै अधिकार छैन ।
२) इजाजतपत्र प्रतिबन्दहरू:
a) तपाईंले एउटा मोबाइल यन्त्रमा गैर-व्यावसायिक उद्देश्यहरूका लागि यो सफ्टवेयर डाउनलोड, स्थापना र प्रयोग गर्न सक्नुहुन्छ । vivo लाई अन्यथा स्पष्ट रूपमा अधिकार नभएसम्म वा यहाँ प्रतिबन्धहरू लागूयोग्य कानूनद्वारा स्पष्ट रूपमा निषेधित छन्, तपाईंले निम्न कार्य गर्नुहुँदैन: (i) अन्य व्यक्तिहरूलाई यो सफ्टवेयर प्रयोग गर्न अनुमति दिने; (ii) यो सफ्टवेयर/कागजातमा आधारित परिमार्जन, अनुवाद, विपरीत इन्जिनियरिङ, छरपस्ट पार्ने वा अलग गर्ने वा व्युत्पादित कार्यहरू सिर्जना गर्ने; (iii) यो सफ्टवेयर/कागजात अलग गर्ने (सेवा पुर्‍याउन/प्रतिस्थापन गर्नका लागि ब्याकअप गर्ने अनुमति दिइएको छ तर यसलाई कुनै पनि कम्प्युटरमा स्थापना वा प्रयोग गरिने छैन र एकपटक सेवा/पुनस्थापना पूरा भएपछि तुरुन्तै मेटाइनेछ/व्यवस्थापन गरिनेछ । यो सफ्टवेयरको अन्य कुनै पनि ब्याकअपलाई यो सम्झौताको उल्लङ्घनको रूपमा मानिन्छ ।); (iv) भाडामा दिन, स्थानान्तरण गर्न वा यो सफ्टवेयर/कागजातलाई सह-इजाजतपत्र बनाउने वा यो सफ्टवेयर/कागजातमा भएका तपाईंका अधिकारहरू अन्यहरूलाई निर्दिष्ट गर्ने; (v) यो सफ्टवेयर/कागजातबाट स्वामित्वमा रहेका कुनै पनि घोषणा वा लेबुलहरूलाई हटाउने; वा (vi) यो सफ्टवेयरमा अन्य सफ्टवेयर थप्ने वा यो सञ्चालन प्रणाली/सफ्टवेयरमा अन्य सफ्टवेयरलाई संयोजन गर्ने ।
b) तपाईं सबै सान्दर्भिक कानूनहरूको अनुपालनमा मात्र यो सफ्टवेयर/कागजातको प्रयोग गर्न सहमत जनाउनुहुन्छ ।
c) तपाईंले अधिकार बिना कुनै पनि अवैध उद्देश्यका लागि, यो सेवाका अतिसंवेदनशीलताहरूलाई स्क्यान गर्ने प्रयास गर्न वा सामान्य नेटवर्क सन्देश सेवा (जस्तै यो सेवाको सामान्य सञ्चालनमा बाधा नपुर्‍याउने र जानीजानी भाइरसहरू प्रसारण गर्ने) बाधा पुर्‍याउने कुनै पनि कार्य प्रस्तुत गर्न यो सेवाको प्रयोग पाउनुहुने छैन ।

३. बौद्धिक सम्पत्ति कथन
यो सफ्टवेयर/कागजातिकरणको स्वामित्व र बौद्धिक सम्पत्ति vivo (सबै सान्दर्भिक आपूर्तिकर्ता/इजाजतकर्ताहरू सहित) द्वारा सञ्चालन गरिन्छ । तपाईं यो सफ्टवेयर (यो सफ्टवेयरको मिडिया प्रस्तुतिकरण फाइलहरूमा भएका सामाग्री सहित) मार्फत पहुँच गर्ने सामाग्रीको स्वामित्व र बौद्धिक सम्पत्ति अझै पनि सम्बन्धित सामग्रीको मालिकद्वारा सञ्चालन गरिएका छन् र सान्दर्भिक प्रतिलिपि अधिकार वा अन्य अनुकूल कानुनहरूद्वारा संरक्षण गरिएका हुन्छन् । यो इजाजतपत्रले तपाईंलाई केही सामग्रीमा कुनै अधिकारहरू प्रदान गर्दैँन ।

४. सफ्टवेयर स्थापना र स्तरवृद्धिको बारेमा
तपाईंले vivo डिजाइन गरिएको स्टोर वा आधिकारिक च्यानलबाट यो सफ्टवेयर डाउनलोड र स्थापना गर्नुपर्नेछ । तपाईंलाई कुनै पनि भाइरस वा मालवेयरबाट बचाउन, कृपया यसलाई गैर-आधिकारिक वेबसाइटबाट डाउनलोड नगर्नुहोस् । तपाईंले आफ्नो यन्त्रमा अनुकूल हुने सफ्टवेयर संस्करण पनि चयन गर्नुपर्नेछ वा तपाईं आफैँले संस्करणको स्तरवृद्धि गर्नुपर्नेछ । तपाईंको यन्त्र मोडेल र सफ्टवेर संस्करण बीचको अमिल्दो कारणले गर्दा सफ्टवेर उपयोग, प्रकार्यात्मक समर्थन र यन्त्र लिङ्क गर्नेसँग सम्बन्धित कुनै पनि समस्यालाई तपाईं आफैले बेहोर्नुपर्नेछ ।
सफ्टवेयर डाउनलोड र अद्यावधिक (तपाईंको वाहकको विषयमा) को अवधिमा डाटा ट्राफिक वा शुल्कहरू लाग्न सक्छ र तपाईं आफैले बेहोर्नुपर्नेछ ।

५. यस सम्झौताको अनुपालनमा प्रयोगकर्ताका उपक्रम र वारेन्टीहरू
, तपाईंले आफ्नो प्रोफाइल तस्विर र उपनाम सेट गर्न, फाइलहरू र डाटा प्रसारण गर्न र तपाईंको स्क्रिनलाई प्रतिबिम्बित गर्न यो सेवाको प्योग गर्न सक्नुहुन्छ । यद्यपि, तपाईंले कानून र नियमन अनुरूप यो सेवाको प्रयोग गर्नुहुनेछ र राष्ट्रिय कानून, नियमन वा नीतिहरूको उल्लङ्घन गर्ने कुनै पनि जानकारी प्रसारण गर्न (अनुकूलित सेटिङहरू वा EasyShare) यो सेवाको प्रयोग गर्नुहुने छैन भनी स्वीकार गर्नुपर्नेछ । निम्न जानकारी समावेश हुन्छन् तर यतिमै मात्र सीमित हुँदैनन्:
(a) संविधानद्वारा अनुबन्धित आधारभूत सिद्धान्तहरूको उल्लङ्घनबारे जानकारी;
(b) राष्ट्रिय सुरक्षा वा एकतालाई हानी पुर्‍याउने, राज्यका कुराहरूलाई प्रकाशन गर्ने वा विनाशलाई प्रवृत्त गर्ने जानकारी;
(c) राष्ट्रको गौरव र हितहरूमा हानी पुर्‍याउने जानकारी;
(d) जातीय घृणा वा भेदभाव वा दुर्बल राष्ट्रिय एकतालाई हानि पुर्‍याउने जानकारी;
(e) राष्ट्रिय धार्मिक नीतिलाई नजरअन्दाज गर्ने वा कल्ट्स फैलाउने वा अन्धविश्वासलाई वकालत गर्ने जानकारी;
(f) हल्ला फैलाउने, सामाजिक आदेशलाई बाधा पुर्‍याउने वा सामाजिक स्थिरतालाई हानी पुर्‍याउने जानकारी;
(g) अश्लीलता, अश्लील साहित्य, जुवा, हिंसा, हत्या वा आतंकवादलाई फैलाउने वा अपराधलाई प्रवर्द्धन गर्ने जानकारी;
(h) अपमानजनक वा बदनामी रहेको वा अरूको वैध अधिकार र हितहरू उल्लङ्घन गर्ने जानकारी;
(i) बौद्धिक सम्पत्तिका अधिकार र व्यापारिक गोप्यताहरू जस्ता अन्य कुराका वैध अधिकारहरू उल्लङ्घन गर्ने जानकारी;
(j) राम्रो आस्था, सार्वजनिक आदेश वा राम्रा नैतिकताहरू विरूद्ध जान सक्ने वा कानून तथा नियमनहरूद्वारा प्रतिबन्धित कुनै पनि जानकारी ।
कानूनी दायित्वहरू र क्षतिग्रस्त विषयमा हुने क्षतिपूर्ति लगायत तपाईंले यो प्रावधानको उल्लङ्घन गरेको कारण निम्तिने कुनै पनि परिणामलाई तपा‌ईं आफैले बेहोर्नुपर्छ ।

६. दायित्वको अस्वीकरण र सीमितता
यो सेवा व्यक्तिगत प्रयोगका लागि मात्र हो र कुनै पनि तेस्रो पक्षलाई उपलब्ध गराइने छैन । यो सफ्टवेयर, कागजात र सामाग्री "जस्ताको तस्तै" उपलब्ध गराइन्छ । vivo ले उत्पादन व्यापारिकता, विशेष उद्देश्यहरूको उपयुक्तताका साथै निम्न परिस्थितिहरूको सम्बन्धधमा प्रस्तुतीकरण वा वारेन्टीहरू समावेश भएको तर यतिमा मात्र सीमित नभएको अव्यक्त वा अस्पष्ट भएतापनि कुनै पनि प्रस्तुतीकरण वा वारेन्टीहरू गर्दैन:
१) यो सेवाले तपाईंका आवश्यकताहरू सन्तुष्ट गर्नेछ; २) यो सेवालाई अविरल, समयावधि र गल्तीहरू बिना सुरक्षित व्यवहारमा उपलब्ध गराइनेछ; ३) यो सेवा प्रयोग गरे बापत तपाईंले प्राप्त गर्नुभएको सबै जानकारी सही वा भरपर्दो छ; ४) यो सेवाको भागको रूपमा कुनै गल्तीहरू वा त्रुटिहरू सीमित गर्नेछ।
vivo ले कुनै पनि सेवा, कार्यसम्पादन वा vivo द्वारा उपलब्ध गराइएको प्रकार्यताका कुनै पनि त्रुटिहरू वा अवैध/गैर-आज्ञाकारी प्रयोगका लागि कुनै पनि दायित्वहरू वहन गर्दैँन । तपाईंले vivo द्वारा उपलब्ध गराइएका कुनै पनि कार्यसम्पादन, प्रकार्यता वा सेवाहरूको प्रयोग गर्दा सबै प्रभावित कानूनहरूको अनुपालन गर्नुपर्नेछ ।

७. यो सम्झौताको निलम्बन वा खारेज
यो सम्झौता निम्न परिस्थितिहरूमा निलम्बन वा खारेज हुन सक्छ:
(a) तपाईंले यो सेवा प्रसारण गर्न र सफ्टवेयर विस्थापित गर्न अनुरोध गर्नुभएको छ;
(b) तपाईंले उल्लङ्घन गर्नुभएको छ वा vivo ले यथोचित रूपमा विश्वास गर्छ कि तपाईंले उल्लङ्घन गर्नुभयो वा इजाजतपत्र प्रतिबन्धहरू, तपाईंका स्वीकृति र वारेन्टीहरू आदि सहित यो सम्झौतामा अनुबन्धित गरिए अनुसार कानून र नियमनहरू वा कुनै पनि सामग्रीको आवश्यकतालाई उल्लङ्घन गर्नुभएको छ
(c) vivo ले कानून र नियमहरू वा सान्दर्भिक राष्ट्रिय अधिकारद्वारा आवश्यक भए अनुसार यो सेवालाई निलम्बन वा खारेज गर्छ;
(d) बल परिपक्व घटना वा अप्रत्याशिल प्राविधिक मामिलाहरू देखा पर्छ (लगायत साइबर आक्रमण, नेटवर्क असफल, भाइरस सङ्क्रमण वा सञ्जालको सामान्य सञ्चालनलाई प्रभाव पार्ने अन्य घटनाहरू);
(e) यो सेवा vivo का कानून र नियमहरू वा अपरिवर्तनीय कारण वा व्यापार पुनर्निमाणद्वारा आवश्यक भए अनुसार अन्य परिस्थितिहरुको कारणले निलम्बन वा प्रसारण गर्नुपर्छ ।
माथिका कुनै पनि परिस्थितिहरूको अवस्थामा,
(a) vivo सँग तपाईंलाई स्वीकृत गरिएको इजाजतपत्रलाई निलम्बन वा समाप्त गर्ने वा यो सम्झौता अनुसार अन्य प्रतिबन्धित मापनहरू लिने अधिकार छ;
(b) स्पष्ट रूपमा वा सम्झौताको खारेजलाई प्रकृतिक अस्तित्वद्धारा यस सम्झौताका कुनै पनि प्रावधानहरूलाई तिनीहरूको प्रकृतिअनुसार म्याद समाप्त नहुञ्जेलसम्म वा सन्तुष्ट नहुँदासम्म यसको समाप्तिमा प्रभावकारी अनुवर्ती हुन जारी रहनेछ ।

८. लागूयोग्य कानून तथा नियामक सर्तहरू
तपाईंको स्थानका कानुनहरूद्वारा नतोकिएसम्म, यो सम्झौतालाई यसको कानूनी सिद्धान्तहरूको द्वन्द्वमा सम्मान नगरिकन कानूनद्वारा र चीनको जनवादी गणतन्त्रको कानून अनुसार नियन्त्रित गरिने वा अर्थ लगाइनेछैन । तपाईं डङगगुआन नं २ जन अदालतको क्षेत्राधिकारमा तथा स्थलमा र त्यस्ता क्षेत्राधिकार वा स्थलमा हुने आपत्ति त्याग्नमा सहमति जनाउनुहुन्छ । जन अदालतले यस सम्झौतामा भएका कुनै पनि प्रावधान वा प्रावधानका भागहरू जुनसुकै कारणको लागि अप्रवर्तनीय छ भनी नियमन गरेमा, बाँकी प्रावधानहरू पूर्ण बल र प्रभावमा रहनेछन् ।

९. सम्झौतालाई अद्यावधिक गर्ने
यो सम्झौता खुलासा गरिएको वा अद्यावधिक गरिएको मितिबाट प्रभावमा आउनेछ । यो सेवा सक्षम गरेका वा प्रयोग गरेका दुबै vivo र सबै प्रयोगकर्ताहरू यो सम्झौताद्वारा सीमित हुनेछन् ।
vivo लाई आफ्नो सञ्चालन गर्ने परिस्थिति, बजार सम्बन्धी वातावरण र अन्य तत्वहरूमा आधारित भई समय-समयमा सेवाका सर्तहरूलाई (परिमार्जन गर्ने, थप्ने वा सान्दर्भिक सर्तहरू मेटाउने सहित) परिवर्तन गर्ने अधिकार छ । एकपटक सेवाका सर्तहरू परिवर्तन भएपछि, vivo ले अद्यावधिक गरिएको संस्करणलाई सान्दर्भिक पृष्ठहरूमा अद्यावधिक र प्रदर्शन गर्नेछ । तपाईं सर्तहरूमा भएका परिवर्तनहरूमा सहमत हुनुहुन्न भने, तपाईंले यो सेवा प्रयोग गर्न रोक्न सक्नुहुन्छ । vivo द्वारा उपलब्ध गराइएका सेवाहरूको प्रयोगलाई जारी राखेर, तपाईंले सर्तहरूमा भएका सबै परिवर्तनहरूलाई स्वीकार गर्नुभएको छ ।

१०. हामीलाई कसरी सम्पर्क गर्ने
तपाईंसँग कुनै पनि प्रश्न, टिप्पणी वा सुझावहरू छन् भने, कृपया ४००-६७८-९६८८ मा हाम्रो ग्राहक सेवा हटलाइनमा फोन गर्नुहोस् वा हाम्रो अनलाइन सेवा निकायहरू मार्फत सम्पर्क गर्न https://www.vivo.com मा जानुहोस् ।

११. सामान्य सर्तहरू
(१) यो सेवा सम्झौताका सबै शीर्षकहरूलाई सन्दर्भको सुविधा तथा सहजको लागि एकल रूपमा अभिप्रेरित गरिएको छ र यो सम्झौतामा कुनैपनि प्रावधानको अनुवादमा कुनै प्रभाव पर्नेछैन ।
(२) यदि यो सम्झौतामा कुनैपनि प्रावधानलाई पूर्ण रूपमा वा आंशिक रूपमा अमान्य वा कुनै पनि कारणको लागि अप्रवर्तनीय मानिन्छ भने, यहाँका बाँकी प्रावधानहरू मान्य र अनिवार्य रहनेछन् ।
(३) यहाँ कुनै पनि सामाग्रीलाई तपाईं र vivo बीच साझेदारी र एजेन्सी सम्बन्धी सम्बन्ध सिर्जना गरिएको छ भनेर मानिने वा पालना गरिनेछैन ।
(४) vivo लाई कानून र नियमनहरूद्वारा अनुमति दिइएको दायराभित्र यो सम्झौताका प्रावधानहरूलाई व्याख्या गर्ने अधिकार छ ।

Copyright ©२०१६-present vivo Mobile Communication Co., Ltd. सर्वाधिकार सुरक्षित ।
दर्ता गरिएको ठेगाना: No. १६८, Jinghai East Road, Chang'an Town, Dongguan City, Guangdong Province, जनवादी गणतन्त्र चीन
पछिल्लो पटक अद्यावधिक गरिएको: नोभेम्बर ९, २०२०