EasyShare गोपनीयता नीति


आदरणीय प्रयोगकर्ता,
vivo Mobile Communication Co., Ltd. र यसका विश्वव्यापी सहायक कम्पनीहरू (यहाँ यसपछि "vivo", "हामी", "हामीहरू", वा "हाम्रो" भनिनेछ) ले तपाईंको गोपनीयताको सम्मान गर्छ र तपाईंको व्यक्तिगत जानकारीलाई संरक्षण गर्न हाम्रो उत्कृष्ट प्रयास गर्नेछौं । EasyShare गोपनीयता नीति ("यो नीति") EasyShare एप (यो एप र यसका सम्बन्धित सामग्रीहरू सामुहिक रूपमा "यो सेवा" भनेर चिनिन्छ) को प्रयोगको अवधिमा सङ्कलन, प्रक्रिया, भण्डारण, स्थानान्तरण र प्रयोगकर्ता जानकारीको संरक्षणमा लागू हुन्छ । कृपया यो सेवा प्रयोग गर्नुअघि यो नीति पढ्नुहोस्, बुझ्नुहोस् र यसमा सहमति जनाउनुहोस् । तपाईंलाई विशेषगरी मोटोगरी लेखिएको विषयवस्तु पढ्न सम्झाइन्छ ।
यो सेवाको प्रयोग गरेर, तपाईंले यो गोपनीयता नीतिका सबै सर्तहरू पढ्नुहुन्छ, सहमत हुनुहुन्छ वा स्वीकार गर्नुहुन्छ । हामीले यो गोपनीयता नीतिको आवश्यकता अनुसार यो सेवा उपलब्ध गराउने आवश्यकता र कार्यक्षमताका लागि तपाईंको जानकारीको प्रयोग र संरक्षण गर्नेछौँ ।

१. प्रयोगकर्ता सामग्रीको प्रसारण
(१) तपाईंले यो सेवा अर्को आधिकारिक यन्त्रका प्रत्यक्ष व्यवहारमा सम्पर्क, SMS, सन्देश, कल लग, एप, नोट, संगीत, भिडियो, रेकर्डिङ, सेटिङ र यो सेवाद्वारा समर्थन गरिएका अन्य सामाग्रीहरू(समग्रमा "प्रयोगकर्ता सामग्री" भनिनेछ) स्थानान्तरण गर्न प्रयोग हुन्छ भन्ने कुरा बुझ्नुपर्छ ।
(२) तपाईंले पहिलो पटक निश्चित प्रकारको प्रयोगकर्ताको सामग्री (उदाहरणको लागि, तपाईंको यन्त्रमा भएका फोटोहरू) प्रसारण गर्दा, हामीले यो सामग्री पहुँच गर्न तपाईंको पूर्व-अनुमोदनका लागि अनुरोध गर्नेछौं ।
(३) केही प्रयोगकर्ता सामग्रीलाई छवि संक्षिप्तहरू वा अन्य वास्तविक ढाँचाहरूको रूपमा यो सेवाको इन्टरफेसमा प्रदर्शन गरिनेछ । प्रदर्शन गर्नुपर्ने सामग्री अनियमित रूपमा निर्माण गरिनेछ र तपाईंको यन्त्रमा अद्यावधिक गरिएका प्रयोगकर्ता सामग्री भण्डारणमा आधारित हुन्छ ।
(४) प्रयोगकर्ता सामग्रीलाई प्रसारणको एउटै अवसरमा प्राप्त गर्न विशिष्ट अधिकृत सेवाहरूमा मात्र स्थानान्तरण गर्न सकिन्छ । हामीले प्रयोगकर्तालाई एकबाट अर्को यन्त्रमा सामाग्री प्रसारण गर्न मात्र मद्दत गर्नेछौँ र त्यसलाई तपाईंबाट सङ्कलन गरिने छैन वा कुनै पनि फाराममा यसलाई प्राप्त, हासिल, प्रक्रिया वा प्रयोग गरिने छैन ।

२. हामीले सङ्कलन गर्ने जानकारी
(a) तपाईंको यन्त्रको जानकारी: तपाईंले केही यन्त्रमा यो सेवा प्रयोग गर्दा, हामीले IMEI र/वा अन्य यन्त्र पहिचानहरू, यन्त्र मोडेल, यन्त्रको नाम र प्रणाली संस्करण सहित तर यसमा मात्र सीमित नभई यो यन्त्रबाट विशिष्ट जानकारी सङ्कलन गर्न सक्छौं । त्यस्ता जानकारीलाई समयमै अप्टिमाइजेसन उत्पादन गर्न र अद्यावधिक प्रोम्प्ट वा स्वत: अद्यावधिक सेवा उपलब्ध गराउनको लागि द्रुत रूपमा त्रुटिहरू निर्धारण गर्न, तपाईंलाई प्रकार्यात्मक प्रतिक्रिया सुविधा उपलब्ध गराउन र तपाईंको यन्त्रको संस्करण र मोडेल निर्धारण गर्न प्रयोग गरिन्छ ।
(b) IP ठेगाना: तपाईंले वेब साझेदारी वा अन्य सम्बन्धित प्रकार्यहरूको प्रयोग गर्दा, हामीलाई प्रकार्य सक्षम गर्न आवश्यक भए अनुसार तपाईंको IP ठेगाना सङ्कलन गर्न आवश्यक पर्छ र त्यस्ता जानकारीलाई LAN जडान र सर्भर प्रमाणिकरण सम्बन्धी उद्देश्यहरूको लागि प्रयोग गर्नेछौं । हामीले त्यस्ता जानकारी तपाईंले सान्दर्भिक प्रकार्यहरूको प्रयोग गर्दा मात्र सङ्कलन गर्नेछौं ।
(c) MAC ठेगाना: तपाईंले बहु स्क्रिन प्रकार्यको प्रयोग गर्दा र पिसि खोजेर जडान गर्दा, हामीले तपाईंको यन्त्रको MAC ठेगाना सङ्कलन गर्न आवश्यक पर्छ (यस्ता जानकारी तपाईंको यन्त्रमा मात्र प्रयोग गरिनेछ र सर्भरमा अद्यावधिक गरिने छैन)।
(d) तपाईंको लग जानकारी: तपाईंको यो सेवाको प्रयोगको अवधिमा, हामीले उपयोग अवधि, प्रसारित डाटाको आकार, डाटाको प्रकार र विशिष्ट एपको प्याकेज नाम (लागूयोग्य भएमा) लगायत यो सेवाद्वारा सिर्जना गरिएका लग जानकारीलाई सङ्कलन गर्नेछौँ । हामीले तपाईंबाट सङ्कलन गरेका लग जानकारी आधारभूत सेवाहरू उपलब्ध गराउन र यो सेवाको प्रयोगको समयमा भएका कुनै पनि विद्यमान तथा सम्भावित समस्याहरूलाई विश्लेषण गर्नको लागि मात्र प्रयोग गरिनेछ । यसले तपाईंलाई पहिचान गर्ने छैन ।
(e) तपाईंको क्रियाशिल जानकारी: तपाईंको यन्त्रलाई Wi-Fi नेटवर्क वा अन्य कुनै पनि नि:शुल्क नेटवर्कमा जडान गर्दा, हामीले पुन: निर्देशित गर्ने पृष्ठ र ट्यापिङ, सेटिङ र एप सम्पादन गर्ने जस्ता सञ्चालन लगायत समय-समयमा तपाईंको यो सेवाहरूको सञ्चालनहरूको बारेमा जानकारी सङ्कलन गर्नेछौं । क्रियाशिल जानकारी प्रयोगकर्ताको सेवाहरूको सञ्चालनलाई ट्र्याक र विश्लेषण गर्न प्रयोग गरिनेछ, जसकारण हामीले हाम्रा उत्पादन तथा सेवाहरू अप्टिमाइज गर्न र प्रयोगकर्ताको अनुभवलाई सुधार गर्न सक्छौं । न हामीले यो जानकारी विशेष व्यक्तिहरूलाई जनाउन वा उीहरूको पहिचान गर्न प्रयोग गर्छौं न त हामीले यसमा कुनै अभिप्रायको निर्णय वा व्यवहारात्मक विश्लेषण सञ्चालन गर्छौं ।

३. अनुमतिहरू
यो सेवालाई यसका प्रकार्यहरू सक्षम गर्नका लागि केही यन्त्र अनुमतिहरू आवश्यक पर्छ । तलका विशेष अनुमतिहरू र अधिकार उद्देश्यहरू हेर्नुहोस्:
(A) ब्लुटूथ/Wi-Fi: यन्त्र पत्ता लगाउन र जडान गर्नका लागि ब्लुटूथ/Wi-Fi अनुमति आवश्यक पर्छ ।
(b) नेटवर्क: सेवा संस्करणलाई अद्यावधिक र स्तरवृद्धि गर्नका लागि नेटवर्क अनुमति आवश्यक पर्छ ।
(c) मोबाइल नेटवर्क सक्षम गर्ने/असक्षम गर्ने: फोन क्लोन प्रकार्य प्रयोग गर्दा, तपाईंलाई हटस्पट जडान स्थापना गर्न आवश्यक पर्छ । अधिकारप्राप्त यन्त्रबाट डाटा खपतलाई रोक्नको लागि, हामीले तपाईंको यन्त्रको मोबाइल नेटवर्कलाई असक्षम गर्न सक्छौं ।
(d) स्थान: ब्लुटूथ र Wi-Fi खोजका लागि तपाईंको फोनको MAC हासिल गर्न स्थान ठेगाना आवश्यक पर्छ ।
(e) SMS/सम्पर्क/कल लगहरू: फोन क्लोन प्रकार्य प्रयोग गर्दा, तपाईंलाई यन्त्रबीच त्यस्ता सामाग्रीलाई प्रसारण गर्न र डुप्लिकेटहरूलाई हटाउन तपाईंको SMS/सम्पर्क/कल लगहरूमा पढाइ तथा लेखाइ पहुँच सक्षम गर्न आवश्यक पर्छ ।
(f) अडियो रेकर्डिङ: स्क्रिन मिररिङ प्रकार्यको प्रयोग गर्दा, तपाईंलाई स्क्रिनको ध्वनि रेकर्ड गर्न र त्यसलाई वास्तविक समयमा मिरर गर्न (परिवेशको ध्वनि रेकर्ड गर्न सकिँदैन) अडियो रेकर्डिङ अनुमतिलाई सक्षम गर्न आवश्यक पर्छ ।
(g) स्क्रिन रेकर्डिङ: स्क्रिन मिररिङ प्रकार्यको प्रयोग गर्दा, तपाईंलाई स्क्रिनको आवाज रेकर्ड गर्न र त्यसलाई वास्तविक समयमा मिरर गर्न स्क्रिन रेकर्डिङ अनुमतिलाई सक्षम गर्न आवश्यक पर्छ ।
(h) क्यामेरा: यन्त्र जडान स्थापना गर्न र सामाग्री प्रसारित गर्न QR कोड स्क्यान गर्दा वा फोटो खिचेर त्यसलाई अपलोड गरी आफ्नो प्रोफाइल तस्विर सेट गर्दा, तपाईंलाई क्यामेराको अनुमतिलाई सक्षम गर्न आवश्यक पर्छ ।
(i) सूचना: तपाईंले बहु स्क्रिन प्रकार्यको प्रयोग गर्नुहुन्छ र सूचनाहरूलाई सक्षम गर्नुहुन्छ भने, तपाईंले सूचनाको अनुमतिलाई सक्षम गर्नुपर्ने हुन्छ ।
(j) फोन: तपाईंले बहु स्क्रिन प्रकार्यको प्रयोग गर्नुहुन्छ र पिसिमार्फत कलहरू प्राप्त गर्नुहुन्छ भने, तपाईंले फोन अनुमति सक्षम गर्नुपर्ने हुन्छ ।
माथिका अनुमतिहरू यो सेवाका अनुकूल प्रकार्यहरूलाई अनुभव गर्नका लागि मात्र सक्षम गरिनेछ । कृपया तपाईंले यो सेवाका प्रकार्यहरूको प्रयोग नगर्दा यो सेवाले तपाईंका अनुमतिहरूलाई पहुँच गर्ने छैन भन्ने कुरामा आश्वस्त हुनुहोस् ।

४. साझेदारी
साझेदारीले दुवै पक्षहरूको व्यक्तिगत जानकारीमा स्वतन्त्र नियन्त्रण भएको अन्य व्यक्तिगत जानकारी कन्ट्रोलरहरूका साथ तपाईंको व्यक्तिगत जानकारी उपलब्ध गराउँछ । कानून तथा नियमनहरूको आवश्यकताको अनुपालनमा, हामीले तपाईंबाट सङ्कलन गरेको जानकारी निम्न परिस्थितिहरूमा साझा गर्न सकिन्छ:
(a) vivo साझेदारहरूसँग साझा गर्नुहोस्: आवश्यक सेवाहरू सक्षम गर्न वा व्यापक अडिट सञ्चालन गर्ने र विश्लेषण गर्न, हामी तपाईंबाट सङ्कलन गरिएका जानकारीलाई हाम्रा सम्बद्धहरू वा vivo मा साझा गर्न सक्छौँ ।
(b) अधिकृत साझेदारहरूसँग साझा गर्नुहोस्: तपाईंले प्रयोग गर्ने यो सेवा वा सम्बन्धित EasyShare सेवाहरू सक्षम गर्न आवश्यक हुँदा हामी तपाईंका केही गैर- व्यक्तिगत जानकारीलाई हाम्रा अधिकृत साझेदारहरूसँग खुलासा गर्न सक्छौँ । त्यस्ता जानकारी न तपाईंको यन्त्रसँग सम्बन्धित हुनेछन् न त तपाईंलाई पहिचान गर्न प्रयोग गरिनेछ ।

५. खुलासा
सामान्यतया, व्यक्तिगत जानकारी सार्वजनिकमा साझा गर्नुहुँदैन । यद्यपि, हामी सम्बन्धित अनिवार्य दायित्व पूरा गर्नका लागि कानून तथा नियमनद्वारा अनुबन्ध गरिए अनुसार वा अदालती तथा सरकारी निकायद्वारा आवश्यक भए अनुसार तपाईंको पूर्व सहमतिबिना तपाईंका केही व्यक्तिगत जानकारी खुलासा गर्न सक्छौं । साथै, हामीले तपाईंको व्यक्तिगत जानकारीको सुरक्षालाई कडाइका साथ संरक्षण गर्नेछौँ र त्यसलाई कुनै पनि असम्बन्धित तेस्रो पक्षसँग खुलासा गर्ने छैनौँ ।

६. नाबालकको डाटाको प्रशोधन गर्ने
हामीले नाबालकहरूको गोपनीयतालाई सुरक्षा गर्ने कार्यमा विशेष ध्यान दिन्छौं र नाबालकहरूको क्रियाकलाप र रूचिहरूको लागि सक्रिय रूपमा ध्यानाकर्षण गर्न आमाबुवा/अभिभावकहरूलाई सहायता गर्छौं । (नाबालकहरूको उमेर तपाईंको राष्ट्रको कानून र प्रत्येक राष्ट्र वा क्षेत्रको सांस्कृतिक प्रचलन अनुसार निर्धारण गरिन्छ ।) हामीले नाबालकहरूलाई प्रयोगकर्ताको रूपमा लक्षित गर्दैनौं र जानीबुझी नाबालकहरूको डाटा सङ्कलन गर्ने छैनौं । तपाईं (आमाबुवा/अभिभावकहरू) ले आफ्नो नाबालकको व्यक्तिगत डाटा तपाईंको पूर्व सहमतिबिना सङ्कलन गरिएको छ भन्ने कुरा पत्ता लगाउनुहुन्छ भने, कृपया यसलाई मेटाउनको लागि हामीलाई सम्पर्क गर्नुहोस् र नाबालकले सान्दर्भिक सेवाहरूबाट सदस्यता हटाउनुभयो वा त्यसको प्रयोग गर्न छोड्नुभयो भन्ने कुरालाई सुनिश्चित गर्नुहोस् ।

७. क्रस-सीमानाको प्रसारण
यो सेवाद्वारा जनवादी गणतन्त्र चीनले सङ्कलन र निर्माण गरेको व्यक्तिगत जानकारी जनवादी गणतन्त्र चीनमा भण्डारण गरिनेछ र क्रस-सीमानाको प्रसारण समावेश गरिदैँन। यो सेवाका लागि क्रस-सीमाना डाटा प्रक्रिया आवश्यक पर्छ भने, हामीले कानून, प्रशासनिक नियमनहरू र अन्य सान्दर्भिक अधिकारीहरूका आवश्यकताहरूलाई कडाइका साथ पालना गर्नेछौँ र तपाईंका स्पष्ट सहमति पुन: प्राप्त गर्न विस्तृत उद्देश्यहरू, प्रसारित स्थान र प्राविधिक संरक्षण उपायबारे तपाईंलाई सूचित गर्नेछौँ ।

८. जानकारी सुरक्षा तथा संरक्षण
हामीले तपाईंका जानकारीलाई सुरक्षित चेकहरू र इन्क्रिप्सन उपकरण र सफ्टवेयर लगायत जिम्मेवार सुरक्षा उपाय र कार्यक्रमहरूका साथ सुरक्षा गर्नेछौँ । डाटाबारे जान्न आवश्यक भएका नेटवर्क प्रशासकहरू र सम्बन्धित व्यक्तिले मात्र सङ्कलन गरिएका डाटालाई आन्तरिक पहुँच गरेका छन् । हामीले यो सेवाको सञ्चालन गर्न रोकेमा वा यो सेवाको प्रयोग गर्न छोडेमा, हामीले अब उपरान्त कुनै पनि जानकारी सङ्कलन र प्रयोग गर्ने छैनौं र हामीले भण्डारण गरिएका जानकारीलाई नामरहित बनाउनेछौं वा मेटाउनेछौं ।

९. जानकारी व्यवस्थापन
(१) तपाईंको व्यक्तिगत जानकारी सोधपूछ गर्ने, परिवर्तन गर्ने वा मेटाउने अनुरोध पेश गर्नका लागि हाम्रो अनलाइन सेवा एजेन्ट मार्फत हामीलाई सम्पर्क गर्न हाम्रो ग्राहक सेवामा फोन गर्न वा vivo.com मा जान सक्नुहुन्छ । तपाईंको व्यक्तिगत डाटाको सुरक्षालाई अझ राम्रोसँग संरक्षण गर्नका लागि, उक्त अनुरोध व्यक्तिगत जानकारी वा उनीहरूको अधिकार प्राप्त प्रतिनिधिको विषयमा गरिएको छ भनी सुनिश्चित गर्नका लागि तपाईंको अनुरोध स्वीकार गर्नुअघि हामी तपाईंको पहिचान प्रमाणित गर्न सक्छौं । तपाईंको अनुरोध विशिष्टिकरण र कदमयोग्य छ भनी सुनिश्चित गर्नुहोस् । हामीले १५ व्यवसायिक दिनभित्र हाम्रा स्वीकार्य अनुरोधहरूलाई राम्ररी वहन गर्ने प्रयास गर्नेछौँ ।
(२) तपाईंले आफ्नो यन्त्रमा सान्दर्भिक प्रकार्यहरूलाई असक्षम गरेर वा हामीलाई सम्पर्क गरेर तपाईंले हामीलाई सङ्कलन गर्न निरन्तर गर्न अधिकार प्रदान गरेर वा आफ्नो स्वीकृति फिर्ता लिएर आफ्नो व्यक्तिगत जानकारीको क्षेत्रलाई परिवर्तन गर्न सक्नुहुन्छ । कृपया निश्चित आधारभूत व्यक्तिगत जानकारी आवश्यक पर्ने प्रत्येक सेवा प्रकार्यहरूको कार्यसम्पादनबारे बुझ्नुहोस् । तपाईंको सहमति वा अधिकार फिर्ता लिइसकेपछि, हामीले अब उपरान्त तपाईंसँग सम्बन्धित सेवाहरू उपलब्ध गराउन सक्षम हुनेछैनौँ, न त हामी तपाईंको सान्दर्भिक व्यक्तिगत जानकारी प्रक्रिया गर्नेछैनौँ । यद्यपि, तपाईंले आफ्नो सहमति र अधिकारलाई फिर्ता लिनाले तपाईंको अधिकारमा आधारित पहिलेदेखि नै सञ्चालित व्यक्तिगत जानकारीको प्रक्रियालाई प्रभाव पार्दैन ।

१०. अस्वीकरणहरू
यो गोपनीयता नीतिले नीजि डाटाको vivo को सुरक्षाको लागि मापदण्डहरूलाई उल्लिखित गरेको छ । vivo ले आफ्नो व्यक्तिगत जानकारी र डाटा सुरक्षालाई सुरक्षित गर्न उक्त मापदण्डहरूलाई पालना गर्नुपर्नेछ र सबै उपयुक्त तथा सम्भाव्य उपायहरू लिनुपर्नेछ । यद्यपि, कृपया vivo सबै तत्वहरू नियन्त्रण गर्न असमर्थ छ वा न त तेस्रो पक्षहरूले तपाईंको जानकारी र डाटा कसरी संकलन र प्रयोग गर्छन, न त कुनै पनि उपायहरू पूर्ण रूपमा अचुक नहुन सक्छन् भन्ने कुरामा सचेत हुनुहोस् र बुझ्नुहोस् । त्यसकारण, हामीले तपाईंको डाटा र जानकारी कुनै परिस्थितिहरू अन्तर्गत खुलासा गरिएको हुनेछैन भनी ग्यारेन्टी गर्न सक्दैनौं । यो गोपनीयता नीति vivo ले कसरी जानकारी सङ्कलन, प्रयोग र साझा गर्छ भन्ने कुरामा मात्र लागि मात्र लागू हुन्छ तर तेस्रो पक्षहरूद्वारा उपलब्ध गराइएका सेवाहरू वा तेस्रो पक्षले जानकारी कसरी सङ्कलन, प्रयोग र साझा गर्छन् भन्ने कुरामा लागू हुँदैन । हामीले तपाईंको जानकारी र तेस्रो पक्षहरूद्वारा प्राप्त गरिएको डाटाको सङ्कलन र/वा प्रयोगका सम्बन्धमा कुनै वारेन्टीहरू बनाउने छैनौं र vivo मा उत्तरदायित्व नभएका डाटा खुलासा र जानकारीको लागि कुनै जिम्मेवारी वहन गर्नेछैन ।

११. यो नीतिको बारेमा
vivo ले यस नीतिलाई समय-समयमा अद्यावधिक गर्ने र परिमार्जन गर्ने अधिकार सुरक्षित गर्न सक्छ । एकपटक गोपनीयता नीतिका सर्तहरू परिवर्तन भएपछि, vivo ले सान्दर्भिक पृष्ठहरूमा अद्यावधिक गरिएको संस्करण प्रदर्शन गर्नेछ। सर्तहरूमा भएका परिवर्तनहरूले तपाईंका रुचिहरूमा महत्त्वपूर्ण प्रभाव पार्दछ भने, हामी तपाईंलाई महत्त्वपूर्ण तरिकाले सूचित गर्नेछौँ वा तपाईंको अधिकार-पत्र पुन: प्राप्त गर्नेछौँ। तपाईंको प्रयोग र यो सेवाको निरन्तर प्रयोग भन्नाले तपाईं यो नीति र यसको अद्यावधिकसँग सहमति जनाउनुहुन्छ । तपाईं यो नीतिमा सहमत हुनहुन्न भने, सेवा प्रयोग नगर्नुहोस् वा कृपया आफ्नो यन्त्रमा सेवालाई असक्षम गर्नुहोस् । तपाईंले आफ्नो यन्त्र सेटिङहरूमा यो नीतिको नवीनतम संस्करण फेला पार्न सक्नुहुन्छ।

१२. हामीलाई सम्पर्क गर्नुहोस्
तपाईंसँग कुनै पनि प्रश्न, टिप्पणी वा सुझावहरू छन् भने, कृपया ४००-६७८-९६८८ मा हाम्रो ग्राहक सेवा हटलाइनमा फोन गर्नुहोस् वा हाम्रो अनलाइन सेवा निकायहरू मार्फत सम्पर्क गर्न https://www.vivo.com मा जानुहोस् ।
तपाईं हाम्रो जवाफ वा ह्याण्डलिङबाट सन्तुष्ट हुनुहुन्न भने, तपाईं न्यायिक क्षेत्राधिकारका लागि डङगगुआन नं. २ मा मानिसहरूको अदालत (टेलिफोन: ०७६९-८९८८९८८८) मा अनुरोध पेश गरेर वा उद्योग नियमनकारी संस्था वा सरकारी नियमनकारी निकायहरूबाट सहायता खोजेर बाह्य पहुँचहरू पाउन सक्नुहुन्छ ।

Copyright ©२०१६-present vivo Mobile Communication Co., Ltd. सर्वाधिकार सुरक्षित ।
दर्ता गरिएको ठेगाना: No. १६८, Jinghai East Road, Chang'an Town, Dongguan City, Guangdong Province, जनवादी गणतन्त्र चीन
पछिल्लो पटक अद्यावधिक गरिएको: नोभेम्बर ९, २०२०